ग्रिजमनको सशक्त प्रहारमा फ्रान्सको दोस्रो गोल
काठमाडौं (एजेन्सी)– फ्रान्सले दोस्रो हाफमा फेरि एक गोलको अग्रता लिएको छ। पहिलो हाफको ४० मिनेटमा राफायल भारानको गोलले पछाडि परेको उरुग्वेविरूद्ध दोस्रो गोल आन्टोन ग्रिजमनले गरे। उनले ६१ मिनेटमा डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार उरुग्वेका गोलरक्षकले राम्रोसँग समाप्त नसक्दा हातबाट फुस्केर गोलमा परिणत भएको थियो।