भारानको हेडिङ गोलमा फ्रान्सको पहिलो हाफमा अग्रता
काठमाडौं (एजेन्सी)– रियल म्याड्रिडका डिफेन्डर राफायल भारानको उत्कृष्ट हेडिङ गोलको सहयोगले फ्रान्सले विश्वकपको पहिलो क्वाटरफाइनलअन्तर्गत उरुग्वेविरूद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। पहिलो हाफको ४० मिनेटमा फ्रान्सले पाएको फ्रिकिकमा भारानले गोल गरेका हुन्। उनले एन्टोन ग्रिजमनले मिलाएको ‘सेट पिस’ लाई गोलमा परिणत गरेका थिए।
पहिलो हाफको खेल सकिन लाग्दा उरुग्वेले पनि गोल फर्काउने अवसर पाएको थियो। तर, फ्रान्सका गोलरक्षकले जोगाएका थिए। भारानको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल थियो र उनले तीन वटै गोल हेडिङबाट गरेका थिए।
उरुग्वे विश्वकपको पछिल्लो १६ खेलमा पहिलो गोल खाएपछि खेलमा फर्किएको छैन। उसले १३ खेलमा पराजय र ३ लाई बराबरीमा राखेको थियो। सन् १९६६ मा भएको विश्वकपमा भने फ्रान्ससँग पछाडि परेको स्थिति उल्टाएर उसले २–१ ले खेल जितेको थियो।