नेइमार (ब्राजिल)
रुसमा जारी विश्वकपमा चोटका कारण आफ्नो लय समात्न नसकेका ब्राजिलका स्टार स्ट्राइकर नेइमार पुनः खेलमा फर्किएका छन्। विश्वकप सुरु हुनुअघि उनी घुँडाको चोटबाट भर्खर खेलमा फर्किएका थिए। त्यसैले समूह चरणको खेलमा उनले आशा अनुरुप प्रदर्शन गर्न सकेनन्।
तर, प्रि–क्वाटरफाइनलमा मेक्सिकोलाई २–० गोलले पराजित गर्न उनले जुन खेलको प्रदर्शन गरे, त्यसको सर्वत्र प्रसंसा भइरहेको छ। गत सिजन बार्सिलोनाबाट २० करोड युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका यी स्टार स्ट्राइकरको खेलका कारण ब्राजिल अहिले क्वाटरफाइनल प्रवेश गरेको छ। उनले मेक्सिकोविरूद्ध गोल गर्नुका साथै गोलको मौका पनि जुराईदिएका थिए।
ब्राजिलले शुक्रबार मध्यराती युरोपको बलियो टोली बेल्जियमविरूद्ध खेल्दैछ। र, यो खेलमा नेइमार विपक्षी टोलीको मुख्य तारो बन्ने पक्का छ। नेइमारले चालु विश्वकपमा दुई गोल गरेका छन्।