ह्यारी केनद्वारा लिनेकरको ३२ वर्ष अगाडिको कीर्तिमान बराबरी
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्ड कप्तान ह्यारी केनले एउटै विश्वकपमा ६ गोल गर्ने आफ्ना अग्रज ग्यारी लिनेकरको कीर्तिमान बराबरी गरेका छन्। उनले कोलम्बियाविरूद्ध ५७ मिनेटमा गोल गर्ने क्रममा लिनेकरले ३२ वर्ष अगाडि राखेको कीर्तिमानको बराबरी गरेका हुन्।
लिनेकरले १९८६ को विश्वकपको ५ खेलमा ६ गोल गरेका थिए। अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना एक्लैले विश्वकप जिताएको १९८६ को विश्वकपमा लिनेकरले ‘गोल्डेन बुट’ जितेका थिए।
यसपालि केन ‘गोल्डेन बुट’ का सबैभन्दा नजिकका दावेदार हुन्। उनीभन्दा कम ४ गोल बेल्जियमका रोमेलु लुकाकुले गरेका छन्।