द ब्रिटिश कलेजद्वारा अलम्नाई नेटवर्क गठन
द ब्रिटिस कलेज काठमाडौंले ‘अलम्नाई नेटवर्क’ को गठन गरेको छ । ब्रिटिश कलेज अलम्नाई नेटवर्क (बीसीएएन) नाम दिइएको उक्त नेटवर्कले मेन्टरसिप, करिअर, इभेन्ट्स र सामुदायिक सेवामा केन्द्रित रहेर विभिन्न गतिविधि सञ्चालन गर्नेछ ।
बीसीएएनको अध्यक्षमा आवाहन श्रेष्ठ, उपाध्यक्षमा अलिना प्रजापति, महासचिवमा परिवेश बिडारी, कोषाध्यक्षमा तेजस्वी थापा तथा सुमन श्रेष्ठ, सोनामयांगी लामा र कल्पना पन्त सदस्य रहेका छन् ।
द ब्रिटिश कलेजका प्राचार्य डा. जोन बेटम्यानले उक्त नेटवर्कले विद्याथीलाई विभिन्न अवसर सिर्जना गर्ने बताए ।
बीसीएएनका अध्यक्ष आवाहन श्रेष्ठले नेटवर्कले विद्यार्थीकाे क्षमता विस्तार सघाउ पु¥याउने विश्वास लिएका छन् ।