हामेज रोड्रिगेज (कोलम्बिया)
कोलम्बियाली प्रशिक्षक होसे पेकरम्यानले इङ्ल्यान्डविरूद्धको खेलका लागि आफ्नो स्टार स्ट्राइकर हामेज रोड्रिगेज खेल्ने घोषणा गरिसकेका छन्। यसले केही हदसम्म पक्कै इङ्लिस टोलीमा दबाब पर्नेछ।
२०१४ को विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनले मन्त्रमुग्घ पारेका रोड्रिगेजलाई यसपछि स्पेनिस जाइन्ट रियल म्याड्रिडले अनुबन्धित गरेको थियो। तर, म्याड्रिडको बेन्च खेलाडीको रुपमा लामो समय बसेका रोड्रिगेज हाल ऋण सम्झौतामा जर्मनी बुन्डेसलिगा क्लब वायर्न म्युनिखमा आवद्ध छन्।
उनले समूह चरणमा पोल्यान्डलाई ३–० ले पराजित गर्न दुई वटा गोलको मौका जुराएका थिए।