आइभिङ लोसानो (मेक्सिको)
मेक्सिकोका २२ वर्षीय विङ्गर आइभिङ लोसानोले विश्व च्याम्पियन जर्मनीलाई समूह चरणको पहिलो खेलमै १–० ले पराजित गर्न निर्णायक गोल गरेका थिए। दक्षिण कोरियालाई २–१ ले पराजित गरेको खेलमा पनि हाभियर हर्नान्डेजलाई दोस्रो तथा निर्णायक गोलका लागि उनले बल मिलाइदिएका थिए।
दायाँ विङबाट बल निकाल्न उनी माहिर मानिन्छन। तिब्र गतिमा बल दौडाउने उनको कला गजबको छ। खुट्टामा बल हुँदा वा नहुँदा दुवै बेला उनी खतरनाक देखिन्छन। त्यसैले आजको खेलमा ब्राजिलका लागि उनी टाउको दुःखाईको विषय बन्न सक्छन।
डच क्लब आइन्डहोभनका प्रभावशाली यी स्ट्राइकर ४ करोड युरोमा ६ वर्षका लागि गत सिजन क्लब भित्रिएका थिए। उनी आफ्ना साथीहरू माझ बच्चाबुच्चीले खेल्ने खेलौनाको भिलेन पात्र ‘चुकी’ को उपनामले चिनिन्छन।