प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
भ्रमणको दोस्रो दिन आज बेइजिङस्थित ग्रेट हल अफ पिपलमा ओली र सीबीच भेटवार्ता भएको हो ।
दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता भइरहेको छ ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार, ५ असारमा चीन प्रस्थान गरेका थिए । रासस