पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनाबाट जोगियो
काठमाडौंबाट पोखरा पुगेको यती एअरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।
९ एन–एएचयू ६८१ कलसाइनको विमान अवतरणपछि पार्किङमा लैजाने क्रममा ‘हाइड्रोलिक’ फेल भएर घाँसे मैदानमा पुगेको हो ।
विमान धावनमार्गबाट करीब २० मिटर टाढा पुगेको छ । विमानमा सवार ३० यात्रु सबै सकुशल छन् ।