ट्रम्प–किम वार्ताः सहमतिपत्रमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा वार्तापछि संयुक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा अमेरिका र कोरिया शान्ति र समृद्धिका लागि सम्बन्ध स्थापना गर्न प्रतिवद्ध रहेको,
कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न एकतावद्ध प्रयास गर्ने,
उत्तर कोरियाले परमाणु निशस्त्रीकरणका लागि काम गर्ने,
युद्धबन्दी र लडाईँका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउने लगायतका बुँदा उल्लेख छन् ।
हस्ताक्षर समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको वार्ता अनुमान गरेभन्दा राम्रो ढंगबाट सफल भएको बताएका छन् ।
नेता किमले आफूहरु विगतलाई पछाडि छोडेर अघि बढ्न सहमत भएको बताएका छन् ।