लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा नियुक्त
अर्थमन्त्री डा. युवराज खतिवडा लगानी बोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई नियुक्त गरेको बोर्डले जनाएको छ ।