नेकपालाई दल दर्ताको प्रमाणपत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को दल दर्ताको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।
प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित थिए ।
दल दर्ताको प्रमाणपत्र लिएपछि केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागिता हुन्छ ।”
तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच ३ जेठमा एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो ।