पोखरीमा डुबेर चार बालिकाको मृत्यु
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मा रहेको नौखनिया पोखरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।
आज बिहान नुहाउन पोखरीमा पुगेका चारैजनाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्षकै मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।
उक्त प्राकृतिक पोखरी नुहाउन र लुगा धुनको लागि नै प्रयोग हुँदै आएको वडा नम्बर ११ का अध्यक्ष अकरामद्धिन खाँले जानकारी दिए । रासस