नेकपा स्थायी कमिटीमा पन्त, भुषाल, रिमाल र महासेठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यमा रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल र रघुवीर महासेठ मनोनयन भएका छन् ।
३ जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको थियो ।
आज स्थायी कमिटीमा मनोनित पन्त, भुषाल, रिमाल र महासेठ चारै जना तत्कालीन एमालेमा थिए ।