इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गरेका हुन् ।
कूल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत पाएका छन् भने बस्नेतले १६५ मत ल्याएका छन् ।
उपाध्यक्षमा महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल, देवीदास भट्टराई र महासचिवमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तैगरी सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएका छन् ।
वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह सदस्यमा निर्वाचित भएका छन् ।