विवादित विषय टुङ्ग्याउने जिम्मा ओली र दाहाललाई
एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा दुई दलका अध्यक्षलाई दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले एकताका लागि मिल्न बाँकी विषयलाई टुङगोमा पुर्याउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको हो ।
चुनाव चिह्न र दस्तावेजमा जनयुद्ध राख्ने वा नराख्ने भन्ने विषय टुङ्गोमा पुग्न बाँकी रहेको जनाइएको छ ।
यसअघि नै एमाले र माआवादी दुवै दलका शीर्ष नेताले ९ वैशाखमा पार्टी एकता हुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।