प्रदेश–३ का मुख्यमन्त्रीलाई भेटेर देउवाले भने– हटौँडाबाट राजधानी नसार्नुुस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेटेर हेटौँडाबाट प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।
हेटौँडा सबै हिसाबले प्रदेशको राजधानी बन्न उपयुक्त भएकोले प्रदेश–३ को राजधानी हटौँडा हुनुपर्ने देउवाले बताएका छन् ।
प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दुई प्रस्ताव दर्ता भएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आजै देउवालाई भेटेर हेटौँडाबाट राजधानी नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न देउवालाई आग्रह गरेका थिए ।
देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई प्रदेश–३ को अस्थायी राजधानी तोकेको थियो ।