सामसङको नयाँ वर्ष अफर, एक वर्षसम्म निःशुल्क इन्टरनेट
सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्ष २०७५ मा ‘नयाँ वर्षको उमंग सामसङसँग’ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत सामसङको टिभी तथा घरायसी उपकरणको खरीदमा ग्राहकले १५ प्रतिशत छुटदेखि निःशुल्क इन्टरनेट र नेट टिभीको सुविधा पाउनेछन् ।
३२ देखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा ग्राहकहरुले १२ प्रतिशत क्यासब्याक र छ महिनाको लागि वल्र्ड लिंकको १० एमबीपीएसको इन्टरनेट र नेट टिभीको सुविधा पाउनेछन् । त्यसैगरी, ४९ देखि ५५ इन्चसम्मको फल्याट स्मार्ट टिभीको खरिदमा १२ प्रतिशत क्यासब्याक, नेट टिभी र ६ महिनाको लागि २५ एमबीपीएसको इनटरनेट सुविधा पाउनेछन् ।
५५ इन्च कर्भड र त्योभन्दा माथिल्लो श्रेणिका टेलिभिजन खरीदमा १२ प्रतिशत क्यासब्याकका साथ नेट टिभी र एक वर्षको लागि ५० एमबीपीएसको इन्टरनेट सुविधा दिइने कम्पनीले जनाएको छ ।
त्यस्तै सामसङले अन्य इलेक्ट्रोनिक समान खरीदमा १५ प्रतिशतसम्म छुट दिएको छ । योजना १ जेठसम्म लागू हुने कम्पनीले जनाएको छ ।