सीजीको नयाँ स्मार्टफोन
सिजी मोबाइल्स प्रा. लि. ले ओमेगा–८ स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोइड नगेट ७.० अपरेटिङ सिस्टम र ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ ।
१८ः९ रेसियो फूलभ्यू डिस्प्ले रहेको ओमेगा–८ मा १३ मेगापिक्सेलको क्यामरा रहेको छ । ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर र २ जीबी र्याम रहेको छ ।
फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेजलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिने छ । ३००० एमएएचको ब्याट्री ब्याकअप रहेको ओमेगा–८ मा फिंगर प्रिन्ट सेन्सर, प्रोक्सिमिटी सेन्सर र लाइट सेन्सर, फोरजी नेटवर्क, स्मार्ट लकलगायतका विशेषता रहेका छन् ।
कम्पनीले एक वर्षको बीमासहित उपलब्ध गराएको ओमेगा ८ स्मार्टफोनको मूल्य रु १२ हजार ९९९ तोकिएको छ ।