हुवावेका दुई नयाँ स्मार्टफोन
नेपालका लागि हुवावे स्मार्टफोनको वितरक कल मोबिलिटीले वाई सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
वाई सिरिज अन्तर्गत हुवावे वाई–९ २०१८ र वाई–७ प्रो सार्वजनिक गरिएको हो । वाई–९ मा एआर लेन्ससहित चार क्यामरा र फूलभ्यू डिस्प्ले रहेको छ । त्यस्तै वाई–७ प्रोमा डुअल क्यामेरा सहित फूलभ्यू डिस्पले छ ।
वाई–९ २०१८ मा फेश रिकग्निशन, तीन जीबी र्याम, ३२ जीबी रोमका साथ ईएमयूआई ८.० अपरेटिङ सिस्टम रहेको छ । यसमा एफ/२.० एपर्चर सहितको १३ र २ मेगापिक्सलको रिअर क्यामरा रहेको छ । त्यस्तै एफ÷२.२ एपर्चर सहित १६ र २ मेगापिक्सका दुईवटा फ्रन्ट क्यामरा रहेको छ । यसमा ४००० एमएएचको ब्याट्री र मेटल बडी रहेको छ ।
त्यसैगरी हुवावे वाई–७ प्रो मा १३ र २ मेगापिक्सलको डुअल रिअर क्यामराको साथ ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा सेल्फी टोनिङ प्mल्यास रहेको छ जसले प्रकाशलाई स्वतः मिलाउने काम गर्दछ । एआर मोड रहेको फ्रन्ट क्यामरामा पृष्ठभूमि परिवर्तन गर्न मिल्ने सुविधा समेत रहेको छ । यसमा ५.९९ इन्चको एचडी फूलभ्यू डिस्प्ले रहेको छ ।
वाई–८ र वाई–७ प्रो दुवै मोडलमा ट्रिपल सिम स्लट छ । जसमा दुई वटा सिम कार्डका साथै मोइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सकिनेछ ।
हुवावे वाई–९ को मूल्य रु. २५ हजार ९०० र वाई–७ प्रो को रु. २० हजार ९०० तोकिएको छ ।