१ वैशाखदेखि रारामा निःशुल्क वाईफाई सेवा
१ वैशाखदेखि रारा ताल वरपर निःशुल्क वाईफाई सेवा सञ्चालन हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा निःशुल्क वाईफाई सेवा सञ्चालन गर्न लागेको हो ।
रारा आउने पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर थप गर्ने तयारी पनि भइरहेको छ ।
कर्णाली सरकारले २०७५ सालमा कर्णाली प्रदेशका १० जिल्लामा कर्णाली पर्यटन वर्षको आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाखमा कर्णाली पर्यटन वर्ष—२०७५ को रारा तालबाट उद्घाटन गर्नेछन् ।