सन्राइजको भाइबर ब्यांकिङ
सन्राइज ब्यांक लिमिटेडले भाइबर ब्यांकिङ सेवा शुरुआत गरेको छ ।
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न भाइबर ब्यांकिङ शुरुआत गरेको ब्यांकले जनाएको छ ।
भाइबर ब्यांकिङ सेवामार्फत ग्राहकहरुले आफ्नो मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटरलगायतबाट ब्यांकिङ सेवाको जानकारी लिन सक्नेछन् ।
भाइबर ब्यांकिङ सेवा लिनको लागि ब्यांकका ग्राहकहरुले मोबाइल नम्बर ब्यांकको स्मार्ट ब्यांकिङ सेवामा दर्ता गर्नुपर्नेछ ।
उक्त सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारीलगायत सेवाको साथै ब्यांकको सम्पूर्ण शाखा र एटीएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ ।
सन्राइज ब्यांकले ७६ वटा शाखा, २० वटा शाखा रहित ब्यांकिङ सेवा ३ वटा एक्सटेन्सन काउण्टर र ९४ एटीएममार्फत देशभरका चारलाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ ।