चार क्यामरा भएको हुवावे वाइ–९ सार्वजनिक हुँदै
चारवटा क्यामरा भएको हुवावे वाइ–९ नेपाली बजारमा अप्रिल पहिलो हप्ता (आगामी साता) सार्वजनिक हुने भएको छ ।
यो स्मार्टफोनमा १३ र २ मेगापिक्सलको डुअल रियरका साथै १६ र २ मेगापिक्सलका दुई फ्रन्ट गरी चारवटा क्यामरा रहेका छन् ।
रियर र फ्रन्ट दुवै क्यामरामा एफ÷२.२ एपरचरको लेन्स प्रयोग गरिएको वाइ–९ स्मार्टफोनमा फेस रिकग्निसनको विशेषता समेत रहेको छ ।
वाइ–९ मा १८ः९ फूलभ्यू डिस्प्ले रहेको छ । यसमा दुईवटा एप्लिकेशन एकैसाथ चलाउन मिल्ने कम्पनीले जनाएको छ ।
यसमा २५६ जीबी थप गर्न मिल्ने मेमोरीको साथ ३ जीबी र्याम र ३२ जीबी रोम रहेको छ । ईएमयूआई ८.० अपरेटिङ सिस्टमा रहेको वाइ–९ मा ४००० एमएएचको ब्याट्री रहेको छ । तीनवटा सिमकार्ड स्लट रहेको वाइ–९ को बजार मूल्य २५ हजार ९०० तोकिएको छ ।