नयाँ वर्षमा रेनो गाडी किन्दा पाँच लाखसम्म छुट
रेनो गाडीको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोबाइल्स प्रा.लि ले नयाँ वर्ष २०७५ मा ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत रेनोको गाडी किन्ने प्रत्येक ग्राहकले नगद छुटका साथै आर्कषक सुविधाहरु पाउनेछन् ।
योजनाअनुसार रेनोको लोड्जी मोडलमा ग्राहकहरुले रु. पाँच लाखसम्म नगद छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, डस्टरको खरीदमा रु. तीन लाख १० हजार र क्विडको खरीदमा रु. एक लाख ८० हजारसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।
उक्त योजनामा पाँच बर्षसम्म निःशुल्क सर्भिस, तीन बर्षको निःशुल्क सवारी साधन कर, फाइनान्स सुविधा र एक्स्चेन्ज सुविधासमेत रहेको छ ।