चन्द्रपुरमा भएको आगलागीमा करोडको क्षति
रौतहटको चन्द्रपुरमा आज, १४ चैत विहान भएको आगलगीबाट करिब एक करोड क्षति भएको छ ।
चन्द्रनिगाहपुर बजारस्थित राहुल हार्डवेयर गोदाममा बिहान साढे ६ बजेतिर भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा साढे तीन घन्टापछि नियन्त्रणमा आएको थियो ।
चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका महासचिव सुनीलकुमार साहको राहुल हार्डवेयर तथा फर्निचर पसलमा भएको आगलागी नियन्त्रणका लागि चन्द्रपुर र गौर नगरपालिकाका साथै बारा, सर्लाही र हेटौडाबाट दमकल ल्याइएको थियो ।
आगोबाट गोदाममा रहेका सामाग्री नष्ट भएको छ भने घरमा क्षति पुगेको छ ।
आगलागीबाट रु एक करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
विद्युत सर्टका कारण आगलगी भएको प्रहरीको अनुमान छ ।
सञ्जय मित्र, रौतहट