जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ
ज्वाला सिंह नेतृत्वको भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् ।
११ चैत राति सर्लाही प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरी प्रमुख एसपी महम्मद मसाउद अली खाँले जानकारी दिए ।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ४२ वर्षीय यादव रौतहटको गरुडा नगरपालिका ६ अमरपटीका बासिन्दा हुन् ।
यादव लामो समयदेखि भूमिगत भई विभिन्न अपराधिक क्रियाकलाप गर्दै आइरहेका थिए ।
सञ्जय मित्र, रौतहट