१ बैशाखदेखि काठमाडौं–सुर्खेत उडान
नयाँ वर्षको अवसर पारेर १ बैशाखदेखि काठमाडौं–सुर्खेत नियमित उडान हुने भएको छ ।
‘कर्णाली प्रदेश’ सरकारको पहलमा काठमाडौं–सुर्खेत उडान शुरु हुन लागेको हो ।
काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल एयरलाइन्स र बुद्ध एयरले उडान गर्ने तयारी गरेका छन् ।
काठमाडौं–सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा रु. ११ हजार ४१९ तोकेको छ ।
यसअघि बुद्ध एयरले २०६९ सालमा करीब छ महीना काठमाडौं–सुर्खेत उडान गरेपनि यात्रु अभावको कारण उडान बन्द गरेको थियो ।