दुर्घटना न्यूनीकरणका लागि चालक–सहचालकलाई तालीम
महानगरीय प्रहरी परिसर र महानगरीय ट्राफिक प्रहरी परिसरले संयुक्तरुपमा सवारी चालक तथा परिचालकलाई तालीम दिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि भक्तपुरमा रहेका विभिन्न बस व्यवसायी समिति अन्तर्गतका बस, ट्रक, टिपरलगायतका चालक तथा सहचालकलाई तालीम दिइएको हो ।
तालीममा सवारी सञ्चालन, सडक लेन पालना, कानूनी कारबाहीलगायतका विषय समेटिएको थियो ।
त्यसैगरी प्रहरीले ‘सवारीसाधनको गति सीमित गरौँ, बाँचाँै र बचाऔँ’ मूल नारा र ‘नो हर्न प्लिज’ लेखिएको स्टिकर सवारी साधनमा टाँस्ने अभियानको समेत शुरुआत गरेको छ ।
चेतनामूलक उक्त स्टिकर भक्तपुरमा गुड्ने सबै सवारीसाधनमा टाँसिने प्रहरीले जनाएको छ । रासस