उपराष्ट्रपतिले लिए शपथ
नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
४ चैतमा दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कामु प्रधानन्यायाधीश लगायतको उपस्थिति थियो ।