राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित भएकी छिन्।
उपाध्यक्षमा वाम गठबन्धनबाट माओवादी केन्द्रकी दाहाल र कांग्रेसबाट विन्दादेवी आलेले उम्मेदवारी दिएका थिए ।
५६ जना सदस्य उपस्थित राष्ट्रिय सभामा दाहालको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पनि माओवादी केन्द्रका उम्मेदवार दाहाललाई समर्थन गरेका थिए ।