नेपाल नेदरल्याण्डस्सँग ४५ रनले पराजित
आईसिसि वान डे विश्वकप छनोटमा नेपाल आठौं भएको छ । छनोट अन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफमा टीम नेपाल नेदरल्याण्डस्सँग पराजित भएको हो । जिम्बाबेमा ३ चैतमा भएको म्याचमा नेपाल ४५ रनले पराजित भएको हो ।
१९० रनको विजय लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १४४ रनमा अलआउट भएको हो । टीम नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे ।
दिपेन्द्रसिंह ऐरीले २५, पारस खड्काले २२, सन्दिप लामिछानेले १४ र करण केसीले १३ रनको योगदान दिएका थिए । नेपालका बाँकी कसैले पनि दोहोरो अंक कटाउन सकेनन् ।
टीम नेपालका लागि सोमपाल कामीले सर्वाधिक चार, सन्दिप लामिछाने र ललित राजवंशीले दुई/दुई र शक्ति गौचनले एक विकेट लिए ।
सुपरसिक्सबाट बाहिरिएको टीम नेपालले पहिलो पटक वान डेमा स्थान सुरक्षित गरिसकेको छ ।