मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, थपिए १५ मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आज प्रधानमन्त्री ओलीले १५ जना नयाँ मन्त्री थप्दै तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मन्त्रिपरिषद्मा आज ११ मन्त्री र चार राज्यमन्त्री थपिएका छन् ।
नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सूचीः
प्रदिप ज्ञवालीः परराष्ट्र मन्त्री
गोकर्ण विष्टः श्रम तथा रोजगार मन्त्री
रवीन्द्र अधिकारीः पर्यटन मन्त्री
रघुवीर महासेठः भौतिक पूर्वाधार मन्त्री
शक्ति वस्नेतः वन तथा वातावरण मन्त्री
वर्षमान पुनः ऊर्जा मन्त्री
गिरिराजमणि पोखरेलः शिक्षा मन्त्री
शेरबहादुर तामाङः कानून मन्त्री
जगत विश्वकर्माः युवा तथा खेलकुद मन्त्री
चक्रपाणि खनालः कृषि तथा सहकारी मन्त्री
विना मगरः खानेपानी मन्त्री
पद्मा अर्यालः स्वास्थ्य राज्यमन्त्री
गोकुल बास्कोटाः सञ्चार राज्यमन्त्री
रामकुमारी चौधरीः कृषि तथा सहकारी राज्यमन्त्री
धनबहादुर बुढाः पर्यटन राज्यमन्त्री