दाजुले कालिज मार्न हानेको गोलीले भाइकोे ज्यान गयो
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका– ३ हाङपाङमा शिकार खेल्ने क्रममा दाजुले चलाएको बन्दुकको गोली लागेर भाइको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार स्थानीय सिमलबोटे जंगलमा शिकार खेल्न गएका बेला
सुवास आङबुहाङले कालिजलाई हानेको भरुवा बन्दुकको गोलीले उनकै भाइ २२ वर्षीय दिवस आङबुहाङको ज्यान लिएको हो ।
घट्नापश्चाात प्रहरीले सुवास सहित उनका छिमेकी ४२ वर्षीय विरेन्द्र आङबुहाङ र ३३ वर्षीय धनकुमार श्रेष्ठलाई पक्राऊ गरेको छ ।
लक्ष्मी गौतम, पाँचथर