कोकाकोलाद्धारा भाग्यशाली विजेताको नाम घोषणा
कोकाकोला नेपालले 'कोक खाम् रसिया जाम्' क्याम्पेनको दोस्रो हप्ताको चार भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । कोकाकोलाले २९ फागुनमा महेश राई (लाजिम्पाट), ओमनाथ श्रेष्ठ (थिमी), राजिव प्रधान (इमाडोल) र आशिषमान सिंह (न्यु रोड) लाई विजेता घोषित गरेको हो । उनीहरुले रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
यो क्याम्पेनअन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । अघिल्लो हप्ता पाँच भाग्यशाली विजेताको नाम घोषणा भईसकेको छ । हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुने कम्पनीले जनाएको छ ।
यसैगरी, बिनु तामाङ (कालोपुल) र बुद्धबहादुर लामा (कपुरधारा) ले २४ इन्चको टेलिभिजन जितेको कोकोकोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो क्याम्पेनमा सहभागी हुन कोकाकोलाको लेबलको पछाडि राखिएको १० अंकको युनिककोडलाई सिओकेई स्पेस युनिककोड टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।