हङकङलाई पराजित गरेपछि नेपालको वानडे यात्रा कति टाढा?
वानडे विश्वकप छनोट अन्तर्गत सुपरसिक्सबाट बाहिरिएको नेपालले सन् २०२२ सम्मका लागि वानडे मान्यता पाउने संभावना भने कायमै राखेको छ । सुपरसिक्सबाट बाहिरिएका चार देश मध्ये नेपाल, हङकङ र पपुवा न्युगिनी मध्येको शीर्ष एक टीमले वानडे मान्यता पाउनेछ ।
वानडे यात्रा तय गर्न नेपालले १ चैतमा पपुवान्यूगिनीलाई पराजित गर्नुपर्नेछ । त्यहि दिन हुने अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरे नेपालको वानडे यात्रा अझै सहज हुनेछ ।
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको अवस्थामा भने नेपालले पुनः हङकङलाई पराजित गर्नुपर्ने छ ।
समूह एबाट वेष्ट इन्डिज, आयरल्याण्ड, युएई तथा समूह बीबाट जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तान सुपरसिक्समा छनोट भएका छन् ।