३१ अंकले घट्यो शेयर बजार परिसूचक
शेयर बजार परिसूचक (नेप्से) आज आइतबार ३१. ४ अंकले ओरालो लागेर १ हजार २८४ दशमलव ९ बिन्दुमा झरेको छ ।
ब्याङ्कमा लगानी योग्य पूँजीको अभाव थप चुलिंदै गएपछि बजारमा लगानीकर्ताहरु हतोत्साही भएकाले नेप्से ओह्रालो लागेको हो ।
आइतबार ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।
आज सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका छन्।
आज कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको छ ।