डा केसीको जीवन रक्षाका लागि सहयोग गरौंः गगन थापा
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आमरण अनशनमा रहेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराए ।
मन्त्री थापाले भने—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।”
एक प्रश्नमा उनले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै त्यो विषय संसदको भएको बताए ।
डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको उनले दोहो¥याए ।
“यो विषयमा छलफल चलाउनुपर्छ भनेर मैले संसद्मा बोलेको हो, तर आज म फरक क्षमतामा छु”, मन्त्री थापाले भने ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द ९ दिनदेखि आमरण अनशनमा छन्। उनको यो नवौं आमरण अनशन हो ।