आईएमई डिजिटल र सिद्धार्थ ब्यांकबीच सम्झौता
आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र सिद्धार्थ ब्यांकबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत वित्तीय सेवा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी. श्रेष्ठ र सिद्धार्थ ब्यांक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिद्धार्थ ब्यांंक लिमिटेड ‘आइएमई डिजिटल’ को ब्यांकिङ साझेदार संस्था हुनेछ ।
जसअनुसार सिद्धार्थ ब्यांकले सेवाग्राहीलाई आइएमई पे वालेटमार्फत ब्यांंक खाताबाट वालेट र वालेटबाट ब्यांक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ ।
त्यस्तै सिद्धार्थ ब्यांकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।