सिजीका दुई नयाँ स्मार्टफोन
सिजी मोबाइल्स प्रालिले ओमेगा–३ र ब्लेज एन गरी दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
ओमेगा–३ मा रहेको ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियोले प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
यसमा ड्यूल सिम, १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर र १ जीबी र्याम रहेको छ ।
ओमेगा–३ मा ५ मेगापिक्सेलको रियर र सेल्फीका लागि २ मेगापिक्सेलको ड्यूल फ्ल्यास सहितको क्यामरा रहेको छ ।
यसमा रहेको ८ जीबीको आन्तरिक स्टारेजलाई माइक्रो एसडी कार्डको साथमा ३२ जीबीसम्म बढाउन सकिन्छ । यसमा २३०० एमएएचको ब्याट्री रहेको छ ।
१८ः९ इन्फिनिटी डिस्प्ले रहेको ओमेगा–३ को बजार मूल्य सात हजार ८४९ रहेको छ ।
त्यस्तै ब्लेज एनमा पनि ड्यूल सिम रहेको छ । एन्ड्रोइड नगेट ७.० भर्सनमा सञ्चालन हुने उक्त स्मार्टफोनमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर र १ जीबीको र्याम रहेको छ ।
ब्लेज एनमा ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा पनि ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ ।
ब्लेज एनको बजार मूल्य सात हजार ३४९ तोकिएको कम्पनीले जनाएको छ ।