हिमालयन ब्यांकको नगद फिर्ता योजना
हिमालयन ब्यांंक लिमिटेडले नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ब्यांकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालको कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ ।
ग्राहकले पीओएस मेशिनबाट सामान खरिद गर्दा पाँच प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने ब्यांकले जनाएको छ । फिर्ता भएको रकम ब्यांकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्यमा जम्मा गरिदिने जनाएको छ ।