क्यानडालाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
टीम नेपाल आईसीसी विश्व क्रिकेट डिभिजन– १ मा उक्लिएको छ । करण केसीको चामत्कारिक प्रदर्शनले क्यानडालाई अन्तिम बलमा पराजित गर्दै नेपाल विश्वकप छनोटको यात्रा तय गर्न सफल भएको हो । विश्वकप छनोट आगामी मार्चमा जिम्बावेमा हुँदैछ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट नेपालसँगै युएईले पनि सन् २०१९ को विश्वकप छनोट खेल्न पाउने छ। नामिबिया र क्यानडासँग समान ६ अंक भए पनि रनरेटको आधारमा युएई छनोट भएको हो ।
१९५ रनको विजय लक्ष्य पछ्याएको टीम नेपालले ९ विकेट गुमाउँदा जम्मा १४४ रन जोडेको थियो । टस हारेर ब्याटीङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा ५० ओभर खेलेर १९४ रनको योगफल तयार पारेको थियो ।
करण केसीले ३१ बलमा ४२ रन जोडेर नेपाललाई जिताएका हुन । उनलाई साथ दिन आएका सन्दीप लामिछाने १८ बलमा ५ रन जोड्दै नट आउछ रहे ।
दीलिप नाथले ४१, रोहित पौडेलले २७, आरिफ शेखले २६ र दिपेन्द्र ऐरीले रनको योगदान दिए ।
क्यानडाका लागि श्रीमन्थ ए।डब्लुले १५२ बलमा १०३ बनाए । बसन्त रेग्मीले तीन, सन्दीप लामिछानेले दुई र करण केसी र शरद भेषवाकरले समान एक–एक रन लिए ।