नबिल ब्यांकद्वारा क्यूआर कोड प्रणालीको शुभारम्भ
नबिल ब्यांकले मर्चेन्ट नेटवर्कमार्फत यूनियन पे इन्टरनेशनल क्यूआर कोड एक्वाइरिङ सर्भिसको शुभारम्भ गरेको छ ।
उक्त प्रणालीमार्फत क्यूआर कोडको प्रयोग गरी नबिल ब्यांंकसँग आवद्ध मर्चेन्टहरूले यूनियनपेका अन्तर्राष्ट्रिय कार्डहरू स्वीकार गरी भुक्तानी लिन सक्नेछन् ।
क्यूआर कोड प्रणालीमार्फत उपभोक्ताहरूले व्यापारिक विक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो ‘फिजिकल प्वाइन्ट अफ सेल’ टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन ।
नबिल ब्यांक भिसा इन्टरनेशनल, मास्टर कार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको सदस्य हो ।