फ्याक्ट्स वर्ष पुस्तक सार्वजनिक
फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्सले फ्याक्ट्स वर्ष पुस्तकको चौथो संस्करण सार्वजनिक गरेको छ । नेपालका विभिन्न क्षेत्रहरूको जानकारी तथा तथ्यांक संकलित पुस्तक राजधानीमा सार्वजनिक गरिएको हो ।
पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिक लगायत १८ क्षेत्रका जानकारी इन्फोग्राफिक्समा प्रस्तुत गरिएको छ । अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्दै आएको फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्सले पुस्तकमा तथ्यांकको विश्लेषण समेत प्रस्तुत गरेको छ ।
पुस्तकको मूल्य रु. ३०० छ ।