माओवादीद्वारा प्रदेश ५ को सभामुखको उम्मेदवार तय
नेकपा माओवादी केन्द्रले प्रदेश ५ को सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । माओवादी प्रदेश संसदीय दलको २८ माघ राति सम्पन्न बैठकले घर्तीलाई प्रदेशसभाको सभामुख बनाउने निर्णय गरेको हो ।
बैठकले संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङ्गकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए ।
माओवादीले केन्द्रको २८ माघ बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो ।
यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए ।रासस