लुईस फिलिपको आउटलेट ललितपुरको लबिम मलमा
लुईस फिलिपले ललितपुरको लबिम मलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
प्रिमियम मेन्स वेयर ब्राण्ड लुईस फिलिपको उक्त आउटलेट नेपालमा पहिलो भएको कम्पनीले जनाएको छ ।
लुईस फिलिपको युएई, कतार, ओमान, साउदीअरेबिया, बहराइन, कुवेत र श्रीलंकामा आउटलेट सञ्चालन भइसकेका छन् ।
नेपालमा बढ्दै गइरहेको ब्राण्ड चेतना र बजारका कारण आउटलेट शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।
लुईस फिलिपले प्रिमियम मेन्स वेयरको सेग्मेन्टमा फरमल, सेमी–फरमल र एसेसरिजमा एलिगेन्सको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।