थप समाचारसोमबार, १५ माघ , २०७४
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव
डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् ।
अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् ।
दरबन्दीमा रहेका डाक्टर पनि अधिकांश समय बिदामा बस्ने गरेका छन् ।
विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य जिल्लाका बिरामी उपचारका लागि धनगढी, नेपालगञ्ज र भारत समेत जान बाध्य भएका छन् ।
दरबन्दीअनुसारको डाक्टरका लागि पटक–पटक आग्रह गरेपनि सम्बन्धित निकायले चासो नदिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका नि.मेसु जितेन्द्र कँडेलले जानकारी दिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- सोमबार, ६ फाल्गुण , २०७५ जेठीलाई छाडी कान्छी भित्र्याउँदा प्रहरी खोरमा
- सोमबार, ६ फाल्गुण , २०७५ प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
- आइतबार, ५ फाल्गुण , २०७५ ‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’
- आइतबार, ५ फाल्गुण , २०७५ अमेरिकाकै आग्रहमा नोबेल शान्ति पुरस्कारमा ट्रम्प सिफारिस