अर्थ/बजारबिहिबार, ११ माघ , २०७४
राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई वृज सिमेन्टको सहयोग
वृज सिमेन्टले राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामग्री सहयोग गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरमार्फत वृज सिमेन्टले क्रिकेट सामग्री हस्तान्तरण गरेको हो ।
भेषवाकर वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा एक बर्षदेखि आवद्ध छन् ।
एक वर्ष अगाडि स्थापना भएको पोखरा राइजिङ क्रिकेट एकेडेमीमा ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।
निजी क्षेत्रबाट यस किसिमको सहयोगले खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने भेषवाकरले बताए ।
वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पिपिसी) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पिएससी) सिमेन्ट उत्पादन तथा विक्रीवितरण गर्दैै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- सोमबार, ६ फाल्गुण , २०७५ प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
- आइतबार, ५ फाल्गुण , २०७५ ‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’
- आइतबार, ५ फाल्गुण , २०७५ अमेरिकाकै आग्रहमा नोबेल शान्ति पुरस्कारमा ट्रम्प सिफारिस
- आइतबार, ५ फाल्गुण , २०७५ डीपीएलः काठमाडौं शीर्षस्थानमा, रुपन्देहीको बिर्सनलायक प्रदर्शन