रौतहटमा द ब्रिटिश कलेजद्वारा ब्ल्याङकेट वितरण
‘द ब्रिटिश कलेज’ले रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहरवा टोलमा ब्ल्याङ्केट वितरण गरेको छ ।
शीतलहरबाट पीडितलाई ब्रिटिश कलेजको पहलमा ‘ब्ल्याङ्केट फर ह्युम्यानीटी’ कार्यक्रममार्फत वितरण गरिएको हो ।
कलेजले १७५ घरपरिवारमा ब्ल्याङ्केट वितरण गरेको छ ।