कला/साहित्यमंगलवार, माघ ९, २०७४

पप गायक ओमविक्रम बिष्टको सहयोगार्थ भर्जिनियामा सांस्कृतिक कार्यक्रम

हिमालखबर

अमेरिकामा रहेका पप गायक ओमबिक्रम बिष्टको उपचारमा सहयोगका लागि भर्जिनीयामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

ईन्टरनेशनल नेपलिज आर्टिष्ट सोसाईटीद्वारा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा अभिनेता सरोज खनाल तथा किरण केसीले लघु नाटक प्रस्तुत गरेका थिए भने निशा अधिकारी, नविन केसी, लुना श्रेष्ठ, हास्य कलाकार शिवहरि पौडल, सञ्जीव प्रधान, प्रेमराजा महत लगायतका कलाकारहरुको प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा सहभागी हुन बिष्ट आफैं पनि न्यूयोर्कबाट भर्जिनिया आईपुगेका थिए ।

कार्यक्रममा कलाकार सरोज खनालले जिउँदो कलाकारको सम्मान गरौँ भन्ने ईनासको ध्येय रहेको र सोहि अनुसार यो कार्यक्रममा आफू पनि समावेश भएको बताउँदै कार्यक्रममा आउन नसकेकाहरुलाई गोफण्ड डट कममा गएर सहयोग गर्न आग्रह गरे ।

गायक विष्टको दुवै मृगौलामा खराबी अएकाले अहिले प्रत्येक साता डायलासीस गराइरहनुपर्छ । उनी मृगौला प्रत्यारोपणको तयारीमा छन् ।

यसअघि अमेरिकाकै न्यूयोर्क र नर्थ क्यारोलाईनामा पनि गायक विष्टको उपचारमा सहयोगका लागि कलाकारहरुले कार्यक्रम आयोजना गरिसकेका छन् ।

न्यूयोर्कमा भएको कार्यक्रमबाट ७ हजार १८९ डलर र नर्थ क्यारोलाईनाबाट २ हजार ५०० डलर जम्मा भएको थियो ।
-बासु श्रेष्ठ, भर्जिनिया

प्रतिकृया दिनुहोस