बाग्लुङको बलेवा विमानस्थल सञ्चालनमा आउने
बन्द भएको २६ वर्षपछि बाग्लुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ ।
नागरिक उड्डयन प्राधिकरण र बाग्लुङ नगरपालिकाकाबीच आगामी चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो ।
जसअनुसार नेपाल वायु सेवा निगम र तारा एयरको जहाजले हप्ताको दुईपटक एक/एक उडान भर्नेछन् ।
२०२२ मा निर्माण भएको विमानस्थल बाग्लुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको थियो । रासस
याे पनि पढ्नुहाेस् ।
बन्द विमानस्थललाई वर्षेनि बजेट